POEM-NEPALI

Poem BY – शोभाकर सुवेदी ( Shovakar Subedi ) —-ति कुरा

किन सम्झाउछौ बितेका ति कुरा?
मुटु ले नै मुटु थिचेका ति कुरा |
धेरै लडेपछि हिड्न जानेको हो
लागु भएकाछन सिकेका ति कुरा|
अझै कता कता चस्किरन्छ मुटु
छाती फुटालेर बिजेका ति कुरा|
अनौठो के भो र, यूगै ब्यापारको हो
माया पसल पसल बिकेका ति कुरा|
होशमै हुन्न “नबिन” बेहोशी मै बोल्छ
कसले पत्याउछ र! पिएका ति कुरा|

Leave a Reply

Your email address will not be published. Required fields are marked *