STORY

स्विडेनको मोबाइल सेवा प्रदायक कम्पनिलाइ हामिले बर्षौँ सम्म "मेरो मोबाइल" भनेर बस्यौँ –Nir Bahadur जि को फेसबुकबाट।।।।

स्विडेनको मोबाइल सेवा प्रदायक कम्पनिलाइ हामिले बर्षौँ सम्म “मेरो मोबाइल” भनेर बस्यौँ।हाम्रो खर्बौ revenue देश बाहिर गइसक्यो,जादैछ।हाम्रा अर्बौं पैसा बैंकमा कुहिएका छन्,नेपाली जनतासंग करिब ३०० टन भन्दा बढिको gold reserve छ।तर नेपालिहरु मिलेर नेपालिहरुकै शेयरमा एउटा “हाम्रो मोबाइल” कम्पनी खोल्न सकेनौँ।यहाँ अवसरको कमि हैन भिजन नभएका नेता र जनताहरुको कमि छ।हाम्रो ४० लाख युवाहरुले मरुभूमिमा पसिना बगाएर हरियाली बनाइरहदा हाम्रा खोला बगेर सक्किसक्यो,कति बेचीए।खोलो बेच्नेहरुलाइ रास्ट्रबादी भन्दै छौँ।संसारकै सस्ता आयोजनाहरु भारत,चीनलाइ बेचिन्छन।तर जलविद्युत उत्पादन गर्ने नीति कसैले ल्याउन सकेन।आउनुहोस् युवा साथिहरु अब नयाँ शक्तिले बिदेशिएका करिब ४० लाख युवाहरुको प्रती शेयर एकलाख का दरले ४०० अर्बको पुँजी निर्माण गरेर एकपटकमा२५०० मेगावाट बिजुली निकाल्ने `रेमिट हाइड्रो´को concept तयार पारिरहेको छ।यसैलाइ बिस्तार गर्दै सम्पुर्ण नेपालिलाइ शेयर आव्हान गरेर पिपुल्स हाइड्रो पनि निर्माण गरौं।अब छिट्टै नेपाललाइ समृद्धिपथमा लगौँ। एक शताब्दी भन्दा अगाडि अमेरिकाको एउटा सानो province मा बिकास गरिएको कोकाकोलाको फ्लेक्स बोर्ड आज संसारकै बिकट डोल्पाको होटेलसम्म झुन्डिएको पाइन्छ, झन्डै दुई अर्ब मानिसले कोकाकोला पिउछन् विस्वभर।१२ बर्ष अगाडि एउटा बिश्वबिद्धालयमा पढ्ने बिद्यार्थीले अविस्कार गरेको फेसबुक आज दैनिक डेढ अर्ब मान्छेले प्रयोग गर्छन्,संसारका कुना काप्चाका मान्छेलाइ यसरी जोडिदिएको छ कि संसारनै एउटा सानो global village बनाइसक्यो!!हामी नेपाली भने चै फोहोरी राजनितिमा चुर्लुम्म डुबेर मोटाएका नेताहरुको झिंगा धपाउने पुच्छर बनेर एउटा संसारका सबै भौतिक सुख छोडेर देशलाई आर्थिक समृद्धिको बाटोमा हिडाउन एक्लै कस्सिएर लाग्ने महान नेता बाबुरामलाइ दुनियाँ गालिगलौज गर्छौँ।हाम्रो पैसा र सुन बैंकमा कुहिएको छ तर entrepreneurship भन्ने चिज कोहिसंग छैन एकाधसंग भएपनी काम गर्ने वातावरण छैन,हिमालको हिउँ पग्लेर सागर भरिसक्यो,नदिनाला बगेर सक्किसक्यो,स्वर्गद्वारीमा मिथेन बलेको सयौं बर्ष भैसक्यो तर अग्नि देवता भनेर बस्छौँ।हाम्रा हिमाल ताल कलाकृतिका फोटो खिचेर लगेर हजारौं डलर कमाउछन् बिदेशिले!biotechnology,agricultural engineering,genetic engineering को बिकासले आकाश छुदा हाम्रा जडिबुटीघारिमा च्याङ्ग्रा चर्छन्,जुजुबाजेले छर्ने मकैको बीउ,अझै तेहि छरिन्छ,पुर्खाले अविस्कार गरेको हलो अझै जोत्दैछौँ।अब यसरी नै यो धार्मिक र जातिय जाँडमा डुबेर बसेको हाम्रो समाज,पछौटे संस्कार अनि सोचाइ र कांग्रेस एमालेको फोहोरी राजनितिमा पुरिएर बसेर बिकासको अर्को एक दशक खर्च नगरौं।सोचौँ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *