POEM-NEPALI

व्यर्थै डुब्छु सम्झनीमा …………BY Narayan B.K. *** गजल ***

        ***  गजल ***
 
व्यर्थै डुब्छु सम्झनीमा निष्ठुरी तिम्रो ।
झुटो रैछ सँगै जिउने मन्जुरी तिम्रो ।।

 
खुशी लुटी   बगरमा  छोडेर  गयो ।
सक्छौ भन कस्तो थियो मज्बुरी तिम्रो ।।
 
नम्र  नम्र   भए  पनि पाखुरीहरु ।
न रहेछ  मनमुटु  माधुरी  तिम्रो  ।।
 
मुटु भरी  तिम्रै माया  साँची छु भन्थ्यौ ।
अन्तै आज  सुम्पिएछौ  ढुकुरी  तिम्रो।।
 
चोट दियौ  तृप्त भए यही जन्ममा ।
पुन जन्मे  पर्दैन् फेरी  जरुरी तिम्रो ।।
 
जुगौ  बाँच्ने माया यता विवाह अन्तै ।
गाह्रो भयो बुझ्नै के हो चातुरी तिम्रो ।।
 
नारायण वि क 
पुरुन्चौर -३ ,काउरे (पोखरा /कास्की )
हाल अबुधाबी  यु ए ई