"म नेपाल फर्किन्छु बुवा" --कविता...।।। 1
POEM-NEPALI

“म नेपाल फर्किन्छु बुवा” –कविता…।।।

Krishna Timilsina
कविता…।।।
“म नेपाल फर्किन्छु बुवा”
थाहा छ बुवा मलाई।
मैले नी बुझेको छु तपाईंलाई।
तपाईले बोकेको ऋणको भारलाई।
तर खै म कसरी भनुँ
म नेपाल फर्किन्छु बुवा।
दिनभरको काम
"म नेपाल फर्किन्छु बुवा" --कविता...।।। 2

"म नेपाल फर्किन्छु बुवा" --कविता...।।। 3

"म नेपाल फर्किन्छु बुवा" --कविता...।।। 4

"म नेपाल फर्किन्छु बुवा" --कविता...।।। 5

"म नेपाल फर्किन्छु बुवा" --कविता...।।। 6
अनि बासी माम।
म कसरी खान सक्छु बुवा।
कति रात त भोकै बसेको छु।
आफ्नो सिरानी आँसुले धोएको छु।
तपाईंले गरेको गाली।
भाइले जिस्काउदै मारेको ताली।
दिदिले ममा देख्ने क्षमता।
अनि आमाको मिठो ममता।
सधैं याद आउँछ बुवा।
एउटा कुण्ठा बस्छ मनमा।
ऋण भन्दा नी भारी भको यो तनमा।
बिरामी नी भन्न पाइन्न।
औषधि नी चाहिन्न।
आँसुको मलमले कति निको पार्नु घाउ।।
दुःख सुख आफ्नै ठाउँमा बाँचौला।
मिठो मसिनो भए नी खाउँला।।
बिरानो देशको मित्रता भन्दा।
आफ्नै देश को शत्रुता प्यारो।
त्यसैले म नेपाल फर्किन्छु बुवा।।
#कृष्ण

Leave a Reply

Your email address will not be published. Required fields are marked *