POEM-NEPALI

मेरा तियालीहरूमा १ देखि ५१ सम्मको यात्रा By-सौगात “मात्र”

[तियालीहरू]

फर्केर प्रदेशी आमालाइ हेर
मर्नेछिन आमा हुनेछ अबेर
पाउँछौ आखिर के नै याँ तड्पेर ?

जीवनको मोल तोकिन्छ किन ?
पल्केर सँधै खुशी सब लिन
नखोस यदि सकदैनौ त दिन

हो “सौगात”मर्ने थियो
तिमी थियौ र त जियो
सहि हो याँ गल्ति कि यो

भएको हुनेछ मनभित्र चोट
लाउन छोड्छन त्यसपछि खोट
बदला लिउँ त के गर्ने अठोट ?

आउछु म चाँडै फर्केर
यो खाडलबाट तर्केर
धेरै भो बसेको दर्केर

मख्ख म पर्छु बोल्दा उ प्यारमा
कलिलो कुरा नसालु धारमा
फाइदा हो या परे म मारमा

घरमा एउटि बुहारि चाँहियो
भन्थिन आमा काम गर है कि यो
चाहियो भन्दैमा खै कहाँ पाइयो

के छ तिम्रो समाचार सुनाउँ
लुकाइ राख्या भावना बताउ
भविष्य देख्छौ पर्खाल भत्काउ

गरौ कति कुरा सम्बन्धको
तिम्रो र मेरो परिबन्दको
बेग्लै छ नाटक यो मन्चको
१०
जिवनको मोल तोकिन्छ किन ?
पल्केर सँधै खुशी सब लिन !
नखोस यदि सक्दैनौ त दीन ।
११
फर्केर प्रदेशी आमालार्इ हेर ।
मर्नेछिन आमा हुनेछ अबेर ।
पाउँछौ आखिर के नै याँ तड्पेर ?
१२
हो “सौगात’ मर्ने थियो ।
तिमी थियौ र त जि’यो ।
सहि हो या गल्ती कि यो !
१३
भएको हुनेछ मनभित्र चोट !
लाउन छोड्छन त्यसपछी खोट ।
बदला लिउँ त के गर्ने अठोट ?
१४
म मर्नेछु तड्पेर जब—
बिचलित हुनेछौ तब ।
नसोधेस के गर्ने अब ।
१५
जिवनको खेल नखेल धेरै !
हार्नेछौ तिम्ले जित हुन्छ मेरै !
नसोच्नु बाँच्छु मसँग जितेरै !
१६
तिमीले मलार्इ रूवाइ छाड्यौ ।
आखिर त्यो तन सर्वत्र बाड्यौ ।
मलार्इ मारि आफुलार्इ गाड्यौ ।
१७
कोरिन्छ यहाँ जब चित्र
झल्किन्छ तिम्रो त्यो चरित्र
देख्नेले मात्र देख्छ भित्र
१८
तिमी मुटूमा पसेर सँचार हुनु
मेरा नयन भएर दर्केर रूनु
आफ्नै ठानेर नजिक सारेर छुनु
१९
जीवनको खेल नखेल धेरै
हार्नेछौ तिम्ले जित हुन्छ मेरै
नसोच्नु बाँच्छु म सँग जितेरै
२०
तिमीले मलाइ रूवाइ छाड्यौ
आखिर त्यो तन सर्वत्र बाड्यौ
मलाइ मारि आफुलाइ गाड्यौ
२१
मुटू भएको छ चिरा
मोतिको भएसी हिरा
मायाको हुनाले किरा
२२
कहिले सम्झेर रूनु पर्छ
जहिले तड्पेर आँशु झर्छ
त्यो बेला मनले जे’नि गर्छ
२३
मेरो मायँ मारेपछि भाग्यौ
कुन्नि कता सर्दै-सर्दै लाग्यौ
मारि यता अन्त कतै जाग्यौ
२४
ढल्किदैछ जवानी हजुर
भेटिन कुनै ताल न सुर
हुनेछु पक्कै बुढो जरूर
२५
छोडि मलाइ कता भाग्यौ आज ?
प्यारो मान्छे नै भइ धोकेवाज
म मर्नेछु गर है तिमी राज
२६
तिम्लाइ मैले मायाँ गर्ने तरिका
छैन साच्चै मेरो त थरि-थरिका
मायाँ लाग्छ मध्ये सँसार भरिका
२७
मेरि आमा सँघारतिर फर्कि हेर्दैछिन
छोरो आउने आसा बोकि रूदै गन्दै दिन
कतै काल डाक्दै छिन कि नसकि अडिन
२८
म बाँच्छु तिम्रै लागि
मुटूमा फोटो टाँगि
नजाउ बिन्ति भागि
२९
भगवान कहाँ छन देखाउ ?
प्रभाव के के पार्छ त लेखाउ ?
तब मलाइ मन्दिर टेकाउ
३०
आमाले पकाको भात
छोड्दा भो जीवन रात
एक्लो खाल भो “सौगात”
३१
झोलामा बोक्छौ मायाँ
मलाइ राखि बाँया
नमिल्दा पार्न दाँया
३२
भाउ धेरै भो सुनको
घट्यो भन्छन खुनको
कति भा’होला उनको ?
३३
आसामा यो मन उचाली
के पायौ यो दिल पगाली
भएरै त छाड्यौ नि खाली
३४
छोडेर जानु अगाडि
हेरे नि हुन्थ्यो पछाडि
के मिल्छ त्यो दिल बाँडि ?
३५
छोडेर जाँदिन भन्थ्यौ
मुटूमा हालेर गन्थ्यौ
हो साच्चै मेरि नै बन्थ्यौ
३६
हानेर गर्इ आँखामा छारो ।
रोकिएन लौ आँशुको धारो ।
हुन्छ कि कतै नयन थारो ?
३७
आँखामा आर्इ मुटूमा पस्यौ ।
बिस्तारै पछि सर्वस्व डस्यौ ।
फुलेर फेरी किन हो खस्यौ ?
३८
आएर थोरै धेरैनै जान्छे
छोडेर कम्ति निकैनै लान्छे
आँखिर आँखामा किन हान्छे ?
३९
तिम्लाइ मन जिम्मा लाएर
बाचा अनि कसम खाएर
हराउने छैन है म छाएर
४०
बाचेछु भने आउनेछु पक्कै
त्यो दिन तिमी पर्नेछौ छक्कै
मुटूमा अतितको लाग्नेछ धक्कै
४१
कतै मन मेरो जाँदैन सानु
मेरो भर पर भन्दैछु नानु
सधै मलाइ धेरैनै चाहानु
४२
पराइले तिम्रो सिउँदो सजाउँदा
घरभरि जन्ति नौमति बजाउँदा
मर्नेछु म पक्कै तिमी त्याँ लजाउँदा
४३
कहिले त आगो कहिले पानी
यस्तै त होला नि यो जिन्दगानी
बाच्नु छ सबैले जानी-नजानी
४४
मुटूमा छुरा धसेर गयौ
साच्चै हो तिमी अर्कैकी भयौ
यी आँखा भरि ताजै रहयौ
४५
तिम्रो लागि भएछु म मरि सकेको
झुट, छु म अझै पनि बाँचि रहेको
भन्न सक्छौ तड्पि आँशु झारि राखेको
४६
अँधेरि रातमा खोजेर रोएँ
नभेट्दा तिम्लाइ आँखा यी धोएँ
अन्त्यमा गइ किन मठ छोएँ ?
४७
तस्विर तिम्रो सँगालेर
सुत्छु म राति अँगालेर
खोज्न आउछौ फँगालेर
४८
हुँदा यहाँ मेरो मुटूमा घाउ
सबैले किन हो खोज्दैछन् दाउ ?
यस्तै त होलानि प्रदेशको ठाँउ
४९
यो मुटू उतै सरेको बेला
लाग्या छ मनमा ठुलै मेला
कस्तो होला यो मायाँको खेला ?
५०
तिम्रो म एउटै प्यार
सोचि देउ है सँसार
गर्दै मायाँ बारम्बार
५१
म मर्नेछु तड्पेर जब
बिचलित हुनेछौ तब
नसोधेस के गर्ने अब
By-सौगात “मात्र”
बालुबाडि०८ झापा
हाल- कतार

Leave a Reply

Your email address will not be published. Required fields are marked *