POEM-NEPALI

"भारी" – By सौगात गजमेर विश्वकर्मा –good one

एक भारी अाँशु बाेकेर ,
गधाकाे सुरमा म हिँडीरहे भने
पीडाकाे बेस क्याम्पबाट उकालाेतर्फ
कसैले देख्दैन मलाई
मैले सिवाय !
किनकी त्यहाँ ,
काेही भएर पनि नभएकाे अाभास जिवित हुन्छ
भन्नेहरूले त भन्छन् नि
ऊ थाकेकाे छ
ऊ गलेकाे छ
मन भरी पीडा छ
अाँखाभरी वास्तविक छ
सम्झिनेहरूले त सम्झिन्छन् नि
के गर्दै हाेला
के खाँदै हाेला
दिन कसरी काट्दाे हाे
रात कसरी छिचल्दाे हाे
तर के गर्ने
एक पटक समेत
मेराे पिडाकाे भारी देखेर फत्र्याक्क नगलिदिएपछि
जसरी ,
छाेरीकाे पीडा बुवा अामाले बुझिदिँदैन्न्
बुहारीकाे पीडा सासुहरूले सम्झिदैन्न्
गरीबकाे पीडा धनीहरूले महसुस गर्दैन्न्
झुपडीकाे पीडा महलहरूले अाभास गर्दैन्न्
र स्विकार्दैन्न पत्थरका मुटूहरूले फुलकाे धड्कन !
त्यसैले त हाेला,
म जति-जति उकालाे उक्लिदै जान्छु
हल्का लाग्ने मेराे पिडाकाे भारी
गह्राै हुँदै जान्छ
जिउ थाक्दै जान्छ
तर सुन्दिन
कसैले बाेलेकाे
ऊ प……रकाे क्षितीजबाट पनि
टेकाउनुस् हजुरकाे पीडाकाे भारी
अाँखाबाट खस्लान थकाईका खुईईईई हरू !
-३० श्रावण २०७३

Leave a Reply

Your email address will not be published. Required fields are marked *