eVisitNepal

बृद्ध साक्षी |nepal jokes

त्याको केशमा एउटा ८० बर्षको बृद्ध साक्षी थिए, बिपक्षी वकिलले सोध्यो, ‘के तपाईंले हत्या भएको देख्नु भएको थियो?’
‘हो मैले देखेको थिएँ’ बृद्धले भने, ”कठघरामा उभिएको मान्छे नै हत्या गरेर लाशलाई भीरबाट खसालिदिएको मैले देखेको हूँ |’
वकिलले सोध्यो, ‘यो घटना रातीको समयमा भएको थियो, के तपाईं किटान गरेर भन्न सक्नुहुन्छ कि यो हत्या उसले नै गरेको हो?’
‘हो मैले मेरै आँखाले देखेको हूँ’ बृद्धले फेरी दोहोर्याए
वकिलले फेरी सोध्यो, ‘बुबा, तपाईं ८० बर्षको भैसक्नु भएको छ, तपाइँका आँखा कमजोर छन् | रातिमा कति टाढासम्म देख्न सक्नु हुन्छ?’
बृद्धले भने, ‘चन्द्रमा सम्म त राम्रैसंग देख्छु बाबु, बरु कति टाढा छ कुन्नि ?’

Leave a Reply

Your email address will not be published. Required fields are marked *