POEM-NEPALI

गन्तव्य पुग्ने गोरेटो बाटो –नारायण वि क

गजल

  • गन्तव्य पुग्ने गोरेटो बाटो ,काँडे तारले बेरेर छेक्यौ

कुद्र्ष्टि तिम्रो नजर थियो,त्यसैले त्यहाँ फोहोर देख्यौ
 

  • अंहमताले चढेर हो कि ,साहारा माग्दा अन्जान बन्यौ

सकेनौ बुझ्न खोजेनौ टिप्न,किचड्को फूल देखेर हेप्यौ

 

  • जनमासमा आदर्श छाट्थ्यौ,दिलमा कालो लालच रैछ

बनायौ ढाल जंघार तर्यौ,सपना देखाई मुनामै पेल्यौ
 

  • अमुल्य रगत कदर छैन , सपना बध गरेर रम्यौ

श्राप लाग्नेछ मातृ भूमिको,स्वार्थि बनेर माटो नै बेच्यौ
 
 
नारायण वि क
पुरुन्चौर-३,काउरे (पोखरा/कास्की)
हाल अबुधाबी (यु.य.ई.)

Leave a Reply

Your email address will not be published. Required fields are marked *